१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लामो समयपछि आपसमा भिड्दै मेस्सी र रोनाल्डो

११ माघ २०८०, बिहीबार ०६:३७

माघ ११, काठमाडौँ | समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्वभर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् ।

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।

तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।


अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् ।

तर, अब छिट्टै समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी पुनः एपटक एक–अर्काविरुद्ध मैदानमा देखा पर्ने भएका छन् । अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेलन हुने भएको छ ।

उक्त खेलमा इन्टर मियामीबाट मेस्सी र अल नासरबाट रोनाल्डो पनि मैदानमा ओर्लने भएका छन् । साउदी अरेबिया भ्रमणका क्रममा मेस्सीको क्लब इन्टर मियामीले अल हिलालसँग पनि खेल्ने कार्यक्रम रहेको छ । ब्राजिलियन स्टार खेलाडी नेमार हाल अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।

तर, ३१ वर्षीय नेमार हाल घाइते अवस्थामा रहेकाले उनी मैदानमा देखा पर्ने छैनन् । यी खेल जनवरी २९ देखि फेब्रुअरी ८ तारिखसम्म सञ्चालन हुने रियाद सिजन कपका क्रममा खेल्न लागिएको हो । इन्टर मियामी र अल हिलालबिचको खेल भने जनवरी २९ तारिखमा हुनेछ ।

साउदी फुटबलमा रोनाल्डोको अल नासर र नेमारको अल हिलाललाई चिरप्रतिद्वन्द्वी क्लबका रुपमा लिइन्छ । यी दुई क्लबबिचको खेल भने फेब्रुअरी ८ तारिखमा खेलिने छ । रियाद सिजन कपमा इन्टर मियामीले आमन्त्रित क्लबका रुपमा सहभागिता जनाउन लागेको हो ।

इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । रियाद सिजन कपका लागि टिकट बिक्री पनि जनवरी १९ तारिखदेखि खुला भइसकेको छ । खासगरी मेस्सीको इन्टर मियामी र रोनाल्डोको अल नासरबिचको खेलको टिकट ब्यापक रुपमा बिक्री भइरहेको छ ।   

मेस्सी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् ।

बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेस्सीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् ।

यो खेलका लागि थुप्रै समर्थकले ब्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको समाचारमा जनाइएको छ । तर, केही सञ्चारमाध्यमले भने पछिल्लो समय रोनाल्डो घाइते अवस्थामा रहेकाले उक्त खेलमा सहभागिता जनाउन सक्नेमा आशंका पनि ब्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक