२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कीर्तिमानको चाङबिच मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य

२०८०, ११ माघ बिहीबार ०७:३७

माघ ११, काठमाडौँ | आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेशप्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल पनि हो ।


यसअघि मधेशप्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् । त्यसमध्ये दुईपटक त मधेशप्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेशप्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।

गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अनिलले एक सय २७ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका अनिलले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

यसअघि एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी सुदूरपश्चिम प्रदेशका नरेन भट्ट थिए । नरेनले मधेशप्रदेशविरु द्धकै खेलमा एक सय २१ रन बनाएका थिए । बिहीबारको खेलमा मधेशप्रदेशका अनिलले नरेनलाई नै पछि पारेका हुन् । जारि प्रतियोगितामा हालसम्म आठजना खेलाडीले शतक प्रहार गरिसकेका छन् ।

अनिल जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा छन् । उनले हालसम्म आठ खेलखेलेर ४६.२५ को औसतले कुल तीन सय ७० रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा बागमती प्रदेशका आशुतो ष घिरैया दोस्रो स्थानमा छन् । उनले आठ खेलमा ४६ को औसतले कुल तीन सय ६८ रन बनाएका छन् ।

गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि अनिलका अतिरिक्त अरनिको यादबले पनि अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अरनिकोले केवल ३४ बलको सामना गरी तीन छक्का र पाँच पनि हिर्काए ।

पवन सर्राफले पनि टोलीका लागि ४० रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान पवनले ३८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेशसिंहले २३ रन जोडे । उनले ३५ बलमा तीन चौका हिर्काए ।

मयान यादबले पनि टोलीको खातामा २७ रन थपे । उनले ४४ बलमा दुई चौका प्रहार गरे । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित २७ रन थपे । उनले केवल १९ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाह दुई रनमै पेभेलियन फर्किएका थिए । मधेशप्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई विकेट लिए । कृष्ण पौडेल र कमल परियारले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले