(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोग"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु

१ कार्तिक २०७३, सोमबार १३:०४

(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोगता १६ औं संस्करण हो ।

निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र दशरथचन्द नगरपालिका–११ रातामाटाको बुढाबाजे खेल मैदान गरी दुईओटा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ ओटा क्रिकेट टिमको सहभागिता रहने जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले जानकारी दिए ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको छ भने आज देहिमाण्डौमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको प्रमुख आथित्यमा एक कार्यक्रमका विच उद्घाटन गरिने अध्यक्ष बोहराले बताए ।

कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी २० फरम्याटमा खेलाइनुका साथै राउण्ड रोविन लिगको आधारमा खेलाइने बताइएको छ । उत्कृष्ठ खेलाडीलाई क्षेत्रिय प्रतियोगिताको लागि जिल्लास्तरिय टिममा छनोट गरिने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्वितियले १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन । यस्तै म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजकले जनाएको छ ।

गत बर्षको बिडिसिए कपको १५ औं संस्करणको उपाधी त्रिलोचन क्रिकेट क्लवले हात पारेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता