१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुशलको अर्धशतकमा आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको चुनौती, भट्टले लिए ६ विकेट

१५ माघ २०८०, सोमबार ०७:१९

माघ १५, काठमाडौँ | मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे ।


६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके । जितेन्द्र मुखियाले ५ रन थपेको खेलमा आर्मीले अतिरिक्तमा १० रन पायो ।

बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९।४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो । आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । शीर्ष २ को यात्रा तय गर्न आर्मी र सुदूर दुवैले यो खेल जित्नै पर्ने दवाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक