२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ

२०८०, १५ माघ सोमबार ०८:०३

माघ १५, काठमाडौँ | बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन्। बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पाँचथर प्रहरीले नेम्वाङलाई पक्राउ गरेर काठमाडौं पठाएको छ। 

बेलायती कानुनको औपचारिक अध्ययन नगरेका नेम्वाङले आफू ‘इमिग्रेशन एडभाइजर’ हुँ भन्दै भूतपूर्व गोर्खा सैनिक तथा उनका परिवारसँग लाखौं रकम असुलेको आरोप लागेको छ। 

रकम नदिनेलाई उनले विभिन्न धाकधम्की पनि दिने गरेको पीडितले बताएका छन्। उनले अवैध रुपमा उठाएको रकम हुन्डीमार्फत नेपाल पठाउने गरेको समेत आरोप लागेको छ। लाखौं ठगी भएपछि नेम्वाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा नेम्वाङ पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति