१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई थान सुनको रिङको लोभले दिलकुमारीको हत्या, ४७ हजारमा रिङ बिक्री

१५ माघ २०८०, सोमबार ०८:४३

माघ १५,  तुम्लिङटार  | संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा गत माघ ६ गते मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या उनले कानमा लगाएको सुनको रिङ प्रमुख कारण रहेको प्रहरीले जनाएको छ । 

संखुवासभा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुम्लिङटारस्थित मंगलबारमा रहेको एसएसएफएम प्रालिको कम्पाउन्ड बाहिर स्थानीय ६२ वर्षीय दिलकुमारी घिमिरेको शव मृत अवस्थामा फेला परेको थियो । उक्त हत्याको अनुसन्धानको क्रममा दाउरा जम्मा पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टिँदा उक्त रुखको ठुटाले दिलकुमारी घिमिरेको टाउकोमा लागेर मृत्यु भएको भन्दै मृतककै छोरा सुभाष घिमिरेले जाहेरी दिएका थिए । 


तर, प्रहरीले भने घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला पारेको थियो । घटना शङ्कास्पद देखेपछि प्रहरीले गरेको अनुसन्धानले सुनसरी धरान जिरोपोइन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकाश राईलाई माघ ११ गते पक्राउ परेको छ । उनलाई प्रहरीले धरान–२ देशीलाईनस्थित एक गेस्टहाउसबाट पक्राउ गरेको हो । राई केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।

‘अनुसन्धानको क्रममा दिपेन भन्ने आकाश राईले दिल कुमारी घिमिरेलाई बन्चरो प्रहार गरी कर्तव्य गरी मारी निज मृतकले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु डाँका चोरी गरी आफ्नो साथमा लिई गई धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा विक्री गरेको खुलेको छ,’ संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोक कुमार जबेगूले भने, ‘उक्त ज्वेलर्सकी सञ्चालक ३६ वर्षीय धनमाया विश्वकर्माले पनि आफ्ना देवर पर्ने देवबहादुर विश्वकर्मालाई ५८ हजारमा विक्री गरेको थाहा भएको छ ।’

प्रहरीले दिलमायाले लगाएको उक्त सुनको रिङ देवबहादुरको विवेक ज्वेलरीबाट बरामद गर्नुको साथै देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको जनाएको छ । ‘दिपेन भन्ने आकाश राईले कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसुर मुद्दामा तथा सुनको रिङ खरिद गर्ने कार्यमा संलग्न दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ,’ जबेगूले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक