२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

स्थानीय निकायको निर्वाचन नभएपनि गाउँलेले चुने आफ्नो नेता

२०७३, २ कार्तिक मंगलवार ०१:५०

कात्तिक २, मुस्ताङ । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैँले चुनेका छन् । 

थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन् । 

पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन् । पाँचवटै गाउँका स्थानीयको आम भेलाबाट थकालीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा श्यामप्रसाद लालचन रहनुभएको छ । 

सदस्यमा महेन्द्र थकाली, झीनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धनबहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्रबहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हीराचन, सूर्यमान लालचन, चन्द्रकुमारी हीराचन र फूलमति ज्वारचन रहनुभएको छ । 

समितिमा पाँचवटै गाउँका गाउँ मुखिया पदेन सदस्य रहने व्यवस्था छ । गाउँका आइपर्ने सबै किसिमका समस्या र सरकारी सेवा सुविधाका बारेमा वकालत गर्ने जिम्मा समितिको हुने अध्यक्ष थकालीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित