८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

स्थानीय निकायको निर्वाचन नभएपनि गाउँलेले चुने आफ्नो नेता

२ कार्तिक २०७३, मंगलवार ०१:५०

कात्तिक २, मुस्ताङ । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैँले चुनेका छन् । 

थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन् । 

पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन् । पाँचवटै गाउँका स्थानीयको आम भेलाबाट थकालीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा श्यामप्रसाद लालचन रहनुभएको छ । 

सदस्यमा महेन्द्र थकाली, झीनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धनबहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्रबहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हीराचन, सूर्यमान लालचन, चन्द्रकुमारी हीराचन र फूलमति ज्वारचन रहनुभएको छ । 

समितिमा पाँचवटै गाउँका गाउँ मुखिया पदेन सदस्य रहने व्यवस्था छ । गाउँका आइपर्ने सबै किसिमका समस्या र सरकारी सेवा सुविधाका बारेमा वकालत गर्ने जिम्मा समितिको हुने अध्यक्ष थकालीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता