२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

२०८०, १५ माघ सोमबार ११:५६

माघ १५, झापा | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे। 

गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे। 


'प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,' शर्माले भने, 'पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न।' 

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ। महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए।

 कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राकेका हुन्। शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन्।

विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता  समृद्ध नेपाल बनाउने आधार भएको दावी गरेका छन्। हो। महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा  समेत गरे। शर्माले भने, 'संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभई  हृदयले स्वीकार गरेको विषय हो।'

विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने  स्वर मलिन हुने बताए। अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङ सहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्वीर हेरेर आफू छक्क परेको सुनाए। 

टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे। दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।  

कार्यक्रमका महासंघका केन्द्रीय सदस्य भरत सुब्बाले बहुपहिचानका आधारमा प्रदेशको नाम राख्ने भनिए पनि कोशीबप्रदेशमा कांग्रेसले त्यो नगरेर गल्ती गरेको बताए। उनले महामन्त्री शर्मालाई नाम सच्याउन आग्र गरे। सुब्बाले त्यसो नगरिए काङ्ग्रेसको हालत कोशी प्रदेशमा मधेसको जस्तै हुने चेतावनी दिए।। 

सांसद गोपाल तामाङले बाध्यकारी अवस्थामा कोशी प्रदेश नाम राखिएको बताए। उनले नामाकरणको विषयमा बहस गर्न काङ्ग्रेस नेतृत्वको कोशी प्रदेश सरकार वार्ता टोली बनाएर बनाएर अगाडि बढेको जनाए।

कार्यक्रमका वक्ताले चेतनाको कमी भयो भने मानिस बरालिन सक्ने र अहिले नेपालमा त्यही भइरहेको बताए। त्यसबाट सचेत रहन उनीहरूले सहभागीला आह्वान समेत गरे।

वक्ताहरूले  लिङ्देनको छोरो पार्टी अध्यक्ष छ भनेर अश्चागमन धारमा हेलिने गलत कर्म मुलुकमा भइरहेको टिप्पणी गरे। आइतबार सम्पन्न नगर अधिवेशनले नगेन्द्रकुमार तामाङको नेतृत्वमा १० सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका सदस्य राजेन्द्र गौतमले बताए। महासंघको विधानमा तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ। निर्वाचित सदस्यबाट कोषाध्यक्ष छनोट हुने महासंघको वैधानिक व्यवस्था रहेको सदस्य गौतमले जनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति