२२ दिनअघि उच्चमा नियुक्त न्यायाधीश मरासिनी २ दिनअघि मात्र पाटनमा भएका थिए हाजिर

Posted on: 30 Jan, 2024

माघ १६, काठमाडौँ | पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको मंगलबार बिहान हृदयाघातबाट निधन भयो । गत पुस २४ गते उच्चको न्यायाधीश नियुक्त भएका मरासिनी त्यहाँ हाजिर भएको २ दिनमात्रै भएको थियो ।

काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएको थियो । लगत्तै उनलाई अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।

२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उनी २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।

न्याय परिषद्को बैठकले गत पुस २४ गते मरासिनीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!