२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

२०८०, १६ माघ मंगलवार ०८:५०

माघ १६, काठमाडौँ | आजभोलि एटीएम कार्ड नौलो विषय होइन । बैंकमा खाता हुने जो–कोहीसँग अटोमेटिक टेलर मेसिन (एटीएम) कार्ड हुन्छ । यद्यपि, आजभोलि यस्तो कार्ड अन्य वित्तीय कम्पनी संघ संस्था, फाइनान्स, सहकारीहरूले समेत प्रदान गर्ने गरेका छन् । 

खातावालालाई चाहेको बेला कुनैपनि एटीएम बुथबाट सजिलै पैसा झिक्न सकियोस् भनेर बैंक तथा वित्तीय कम्पनीहरूले खातावालालाई एटीएम कार्ड उपलब्ध गराउने गर्छन् । तथापि, खातावालाले यस्तो कार्डको माग नगर्न पनि सक्छन् ।


उसो त एटीएम कार्ड मात्र होइन बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीको सुविधाका लागि प्रिपेड कार्ड र क्रेडिट कार्ड समेत उपलब्ध गराउने गर्छ । तर, बैंकहरुले यस्ता कार्डहरूमार्फत पैसा झिक्न पाउने अधिकतम सीमा र समय भने तोकेको हुन्छ । 

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

खासगरी बढी बाहक (प्रयोगकर्ता) रहेको र सहज मानिएको एटीएम अर्थात् (डेबिट कार्ड) को नै प्रयोग अधिक हुने गरेको छ । पछिल्लो रिपोर्ट अनुसार १ करोड २६ लाख ८० हजार डेबिट कार्ड प्रयोगमा रहेको छ । जसबाट चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मात्र ८३ अर्ब ७२ करोड १० लाख रुपैयाँ बढी नगद (क्यास) वीथड्र भएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ । 

तर, यस्तो कार्डमार्फत दैनिक र मासिक कति रुपैयाँसम्म क्यास झिक्न सकिन्छ त ?

केन्द्रीय बैंकले डेबिट कार्डमार्फत एकपटकमा २५ हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै एटीएम कार्ड प्रयोग गरेर एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरिएको छ भने महिनाभरिमा अधिकतम ४ लाख रुपैयाँसम्म झिक्न सकिने सीमा केन्द्रीय बैंकले तोकेको छ ।

यस्तै, अन्य कार्डहरूमा प्रिपेडमार्फत एक पटकमा १० हजार रुपैयाँसम्म, एक दिनमा २० हजार रुपैयाँसम्म र एक महिनामा २ लाख रुपैयाँसम्म  झिक्न सकिन्छ । 

सपिङ, किनमेल तथा भुक्तानीका लागि ग्राहकको विश्वासमा प्रदान गरिने क्रेडिट कार्डमार्फत भने कार्डको सीमाको १० प्रतिशत बढीसम्म खर्च गर्न सकिने सीमा तोकिएको हुन्छ । 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति