१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

१६ माघ २०८०, मंगलवार ०८:५०

माघ १६, काठमाडौँ | आजभोलि एटीएम कार्ड नौलो विषय होइन । बैंकमा खाता हुने जो–कोहीसँग अटोमेटिक टेलर मेसिन (एटीएम) कार्ड हुन्छ । यद्यपि, आजभोलि यस्तो कार्ड अन्य वित्तीय कम्पनी संघ संस्था, फाइनान्स, सहकारीहरूले समेत प्रदान गर्ने गरेका छन् । 

खातावालालाई चाहेको बेला कुनैपनि एटीएम बुथबाट सजिलै पैसा झिक्न सकियोस् भनेर बैंक तथा वित्तीय कम्पनीहरूले खातावालालाई एटीएम कार्ड उपलब्ध गराउने गर्छन् । तथापि, खातावालाले यस्तो कार्डको माग नगर्न पनि सक्छन् ।


उसो त एटीएम कार्ड मात्र होइन बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीको सुविधाका लागि प्रिपेड कार्ड र क्रेडिट कार्ड समेत उपलब्ध गराउने गर्छ । तर, बैंकहरुले यस्ता कार्डहरूमार्फत पैसा झिक्न पाउने अधिकतम सीमा र समय भने तोकेको हुन्छ । 

एटीएम कार्डमार्फत महिनाभरिमा कति पैसा झिक्न पाइन्छ ?

खासगरी बढी बाहक (प्रयोगकर्ता) रहेको र सहज मानिएको एटीएम अर्थात् (डेबिट कार्ड) को नै प्रयोग अधिक हुने गरेको छ । पछिल्लो रिपोर्ट अनुसार १ करोड २६ लाख ८० हजार डेबिट कार्ड प्रयोगमा रहेको छ । जसबाट चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मात्र ८३ अर्ब ७२ करोड १० लाख रुपैयाँ बढी नगद (क्यास) वीथड्र भएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ । 

तर, यस्तो कार्डमार्फत दैनिक र मासिक कति रुपैयाँसम्म क्यास झिक्न सकिन्छ त ?

केन्द्रीय बैंकले डेबिट कार्डमार्फत एकपटकमा २५ हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै एटीएम कार्ड प्रयोग गरेर एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरिएको छ भने महिनाभरिमा अधिकतम ४ लाख रुपैयाँसम्म झिक्न सकिने सीमा केन्द्रीय बैंकले तोकेको छ ।

यस्तै, अन्य कार्डहरूमा प्रिपेडमार्फत एक पटकमा १० हजार रुपैयाँसम्म, एक दिनमा २० हजार रुपैयाँसम्म र एक महिनामा २ लाख रुपैयाँसम्म  झिक्न सकिन्छ । 

सपिङ, किनमेल तथा भुक्तानीका लागि ग्राहकको विश्वासमा प्रदान गरिने क्रेडिट कार्डमार्फत भने कार्डको सीमाको १० प्रतिशत बढीसम्म खर्च गर्न सकिने सीमा तोकिएको हुन्छ । 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक