हात गुमाएकाले मस्तिष्कमा चिपको प्रयोगबाटै कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने मस्कको दाबी

Posted on: 30 Jan, 2024

माघ १६, काठमाडौँ | टेस्ला मोटर्सका सिईओ तथा ‘स्पेस एक्स’ का संस्थापक एलोन मस्कले मानव मस्तिष्कमा चिप प्रतयारोपणबट कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने दाबी गरेका छन् ।


एलोन मस्कले आफ्नो एक्स अर्थात साविकको ‘ट्वीटर’ मा पहिलोपटक मावन मस्तिष्कमा ‘न्युरोलिंक’ प्रत्यारोपण गरिएको दाबी गर्दै हात नभएकाहरुले पनि कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने सेयर गरेका हुन् । उनले मस्तिष्कमा ‘न्युरोलिंक’ चिपको प्रयोग गरेर मानिसले मस्तिष्कबाटै सोचेर आफ्नो कम्पयुरटर मोबाइल लगायत सबैकुरा चलाउन सक्ने उल्लेख गरेका छन् ।

उनले प्रारम्भिक परिणमहरुले आशाजनक न्युरो स्पाइक पत्ता लगाउने देखिएको उल्लेख गरेका छन् । भने, यसको सुरुवात हात गुमाएकाहरुबाट गर्ने जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!