१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दक्षिण कोरियाले मासिक तीन लाख पारिश्रमिकमा श्रमिक लैजाने

१६ माघ २०८०, मंगलवार ०९:२९

माघ १६, काठमाडौँ | दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। 

दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी दिएको हो। 

'अहिले दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,' मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, 'उहाँहरूले मासिक ३ लाख रूपैयाँ माथि पारिश्रमिक दिने गरेर यहाँबाट नेपाली लैजाने प्रस्ताव गर्नु भएको छ, हामीहरूले कार्यविधि बनाइरहेका छौं।' 

परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले नेपालमा हुन्डाई लगायतका कोरियाली कम्पनीहरूलाई नेपाल आउन आग्रह गरे। उनले वैशाखमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागिता जनाउन कोरियाली लगानीकर्ताहरूलाई आह्वान समेत गरे। 

नेपालमा लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले दुई मुलुकबीचको ५० वर्षको सम्बन्धलाई संयुक्त समृद्धिको लागि अनुकूल हुनेगरी आगामी दिनमा थप बलियो बनाउने बताए। 

कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेकाहरूको कथामा आधारित 'तपाई पनि मालिक बन्न सक्नुहुन्छ' शीर्षकको पुस्तक समेत अनावरण गरिएको छ। 

हाल दक्षिण कोरियामा कृषि, पानी जहाज निर्माण लगायतमा काम गर्न नेपालबाट मानिसहरू जाने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक