१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘पेनिक अट्याक’पछि अभियन्ता गिभिना मगर वीर अस्पताल भर्ना, हिजो रुँदै आएकी थिइन् लाइभ

१६ माघ २०८०, मंगलवार १०:४८

माघ १६, काठमाडौँ । सामाजिक अभियन्ता गिभिना मगर स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । उनलाई आज प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको हो ।

गिभिना हिजो टिकटक लाइभमा आएर निराशाजनक कुरा गरेकी थिइन् । उनले आफूलाई पुरानो रोग बल्झिएको बताएकी छन् ।


गिभिनाले लाइभमा रुँदै भनेकी छन्, ‘मलाई जति जनाले साथ दिनुभयो, सबैप्रति आभारी छु । मलाई भगवानले साथ दिनुभएछ भने फेरि हजुरहरुसँग जोडिएर अभियानमा जोडिनेछु । मलाई समयले साथ दिइरहेको छैन । स्वास्थ्यले साथ दिइरहेको छैन । चाहेर पनि अगाडि बढ्न सकिरहेको छैन । मलाई थाहा थिएन यो रोग फेरि बल्झिन्छ भनेर । तर, बल्झियो । मेडिसिनले काम गर्न छाड्यो । मलाई गेट वेल सुन लेखिदिनुहोला । यदि म तपाईंहरुको साथमा भइनँ भने पनि मलाई नबिर्सिनु होला ।’

स्रोतका अनुसार प्रहरीले गिभिनालाई अचेत अवस्थामा उद्धार गरेको थियो । उनलाई सुरुमा टेकु अस्पताल पुर्‍याइयो । त्यहाँबाट वीरमा रिफर गरिएपछि त्यता लगिएको हो । उनलाई वीरको इमर्जेन्सीमा राखिएको छ ।

वीर अस्पतालका एक डाक्टरले अहिले अवस्था सामान्य रहेको बताए । उनका अनुसार गिभिनालाई पेनिक अट्याक र कम्भल्सिभ डिसअर्डर भएको हो । यो प्रायः केटी मान्छेलाई हुने बिमारी हो । गिभिनाको सीटी स्क्यान रिपोर्ट नर्मल आएको छ भने ब्लड रिपोर्ट आउन बाँकी छ । उनी बोल्न सक्ने अवस्थामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक