रुखले किच्दा महिलाको मृत्यु

Posted on: 30 Jan, 2024

माघ १६, म्याग्दी । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । 

मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!