१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपचार हो: वडाध्यक्ष पाण्डे

१६ माघ २०८०, मंगलवार ११:५१

माघ १६, काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन्।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेको छन्।


आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरुले यसरी टिकाटिप्पणी गरेको उनको भनाइ छ। बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रुपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनको भनाइ थियो।

उनले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरुलाई केही नचाहिने कुरा राखेको बताए। गाउँका सबै रुख

काट्ने कुरा नगरेको भन्दै ठूला रुख र बाँसका झ्याङहरुको फडानी गर्न आग्रह गरेको उनले बताए।

काटिएका रुखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरु लगाउने अभियान आफूहरुको रहेको बताउँदै ठूला रुख काट्नु प्राथमिक उपचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरुले नगरेको स्पष्ट पारे।

यता पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताएका छन्।

‘रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको छ। पालिका भन्दा बाहिरको हकमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने र पालिकाभित्रको हकमा कुन रुख कसरी काट्ने भन्ने स्पष्ट व्यवस्था गरेको सन्दर्भमा वडा कार्यालयले निर्णय गरेर वा वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत हुँदैन।’ उनले भने।

प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक