१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनलबाट बाहिरियो नेपाल, आज बंगलादेशलाई जिल्याउने अवसर

१७ माघ २०८०, बुधबार ०६:०७

माघ १६, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । तर पनि आज बंगलादेशविरुद्ध खेल्ने सुपर सिक्सको पहिलो खेल नेपालका लागि कम महत्वको हुने छैन ।

 मंगलबार भएको सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । जितसँगै भारत र पाकिस्तानको ६ अंक भएको छ । २ खेल खेल्न बाँकी नेपाल अंकविहीन छ । नेपालले दुवै खेलमा जित निकाले पनि ४ अंकमात्रै हुन्छ ।


उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । तसर्थ नेपालको सेमिफाइनल पुग्ने सम्भावना दुई खेल अगावै सकिएको हो । नेपालले सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ ।

सुपर सिक्सको पहिलो दिनको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग क्रिकेटमा भिड्ने अवसर दुर्लभ नै प्राप्त गर्छ । युवा समूहमा पनि विश्वकप वा एसिया कप नै कुर्नुपर्छ । त्यसैले आजको म्याच पनि नेपालका निम्ति एउटा अवसर हो, आफूलाई प्रमाणित गर्ने । समूह चरणको अन्तिम खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएर उच्च मनोबलमा रहेको नेपाल बंगलादेशसित पनि जितको लक्ष्यसहित भिड्नेछ ।

नेपालले यसअघि यू १९ विश्वकपमा बंगलादेशसित दुईपटक भिड्दा नतिजा बाँडेको छ । सन् २००२ मा नेपालले बंगलादेशलाई हराएको थियो भने सन् २०१६ मा बंगलादेशबाट पराजित भएको थियो । बंगलादेशको पनि सेमिफाइनल यात्रा निकै कठिन छ । उसले सेमिफाइनल सम्भावना जीवित राख्न नेपाललाई विशाल अन्तरालमा हराउनुपर्ने हुन्छ । त्यसैले उसले आक्रामक क्रिकेट खेल्ने छ । जसले नेपालका लागि अवसर सिर्जना गर्न सक्छ ।

बंगलादेश समूह चरणमा भारतसित ८४ रनले पराजित भएको थियो भने आयरल्यान्डलाई ६ विकेटले र अमेरिकालाई १२१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले सुपर सिक्सका दुवै म्याचमा ठूलो जित हासिल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक