१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ह्वाट्सएपमा केही हेरफेर, यस्तो अवस्थामा पैसा तिर्नुपर्ने

१७ माघ २०८०, बुधबार ०७:१३

माघ १६, काठमाडौँ। सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपमा केही अपडेट गरेको छ । अपडेटका साथै कम्पनीले एपमा केही हेरफेर पनि गरेको छ । एउटा परिवर्तन भने च्याट ब्याकअप स्टोरेजको सिफ्टिङमा गरिएको छ ।

कम्पनीले गएको वर्ष नै आफ्नो अपडेटेड सर्त तथा बन्देजहरूमा सन् २०२४ को सुरुआतदेखि च्याट ब्याकअपका लागि ह्वाट्सएपको डेडिकेटेड स्पेसको प्रयोग नहुने घोषणा गरेको थियो । यसको लागि गुगल ड्राइभको प्रयोग गरिनेछ । नयाँ वर्षको पहिलो महिना सकिनै लागिसकेको छ । यसैबिच ह्वाट्सएपले च्याट र मिडिया ब्याकअपका लागि गुगल ड्राइभमा ट्रान्जिशन गरेको छ ।


अर्थात् तपाईँले आफ्नो स्टोरेजलाई खाली राख्नु पर्नेछ वा अतिरिक्त स्टोरेजको लागि पैसा तिर्नु पर्नेछ । ब्याकअपका लागि अब तपाईँले गुगल क्लाउड सर्भिसको पेड वा फ्री प्लान चलाउन सक्नु हुन्छ । ह्वाट्सएप च्याटको ब्याकअप तपाईँले ह्वाट्स एपमा लिंक गर्नु भएको जीमेल एकाउन्टको गुगल ड्राइभोमा सेभ हुनेछ । अहिले गुगल ड्राइइभको स्टोरेज गुगल फोटो र जीमेलले ओगटिरहेको छ । अब ह्वाट्सएपको स्टोरेजले पनि यसलाई खाइदिनेछ ।  

च्याटको ब्याकअपका लागि गुगल ड्राइभ स्टोरेज स्पेसको प्रयोग नहोस् भन्ने चाहनु हुन्छ भने क्लाउड सर्भिसमा च्याट ब्याकअप नगर्ने अप्सन पनि रोज्न सक्नु हुन्छ । यसको सट्टा तपाईँले इन–बिल्ट च्याट ट्रान्सफर टुल प्रयोग गर्न सक्नु हुन्छ । अर्को तरिका चाहिँ च्याट हिष्ट्री ब्याकअप गर्दा इमेज र भिडियोलाई छोड्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक