एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ । पार्टी कामको सिलसिलामा ताप्लेजुङ  पुगेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री बसन्त नेम्वाङ अस्वस्थ भएका छन् ।

संघीय सांसद समेत रहेका उनी पार्टी कामको लागि ताप्लेजुङ पुगेका थिए । उनको अचानक शरिरको एकभाग नचल्ने भएको हो । उनलाई ताप्लेजुङबाट उद्धार गरेका हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको एमालेले जनाएको छ ।

नेम्वाङ एमाले ताप्लेजुङका इन्चार्जसमेत हुन् । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!