१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा प्रतिबन्धित औषधि बिक्री गर्ने २ भेटेरिनरी पसल कारबाहीमा

१७ माघ २०८०, बुधबार ०८:५२

माघ १६, धादिङ | धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ ।

जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक प्रालि र धुनिवेशी फार्मेसीलाई अनुगमन टोलीले दश-दश हजार जरिवाना तिराईएको छ । लाइसेन्स नभएको व्यक्तिले औषधि  बिक्री गरेको र प्रतिवन्धित औषधि  बिक्री गरेको, आवश्यक कागजपत्र विना नै संस्था संचालन गरेको र म्याद गुज्रिएको औषधि  बिक्री गर्न रोखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं  सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए।


कानुन विपरित हुन सक्ने गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको उपस्थितिमा अनुगमन गरिएको पराजुलीले बताए । विगतको अनुगमनमा गरिएका निर्देशन पालनाको अवस्था र सरकारको मापदण्ड पालनाको अवस्थाबारे पनि अनुगमन गरिएको बताए।

अनुगमन समितिले भेटेरिनरी औषधी पसलहरुमा भने विगतमा भन्दा सुधार आएको फेला पारेको छ । एक वर्ष अगाडि भएको अनुगमनमा अधिकांश भेटेरिनरी औषधि  पसलहरु कारबाहीमा परेको भएपनि अहिले ती पसलहरुले सुधार गरेको पाइएको अनुगमनमा पुगेका जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दीप सिलवालले बताए । अनुगमन गरिएका अधिकांश ठाउँहरुमा औषधि  व्यवस्था विभागको मापदण्ड अनुसार नै पसल संचालन गरेको पाइएको उनको भनाई छ । अनुगमनको क्रममा केही पसलहरुलाई एक साताभित्र सुधार गर्न लिखित निर्देशन पनि दिइएको छ ।

यस्तो अनुगमनले व्यवसायीहरु सचेत बन्ने र सेवाग्राही र उपभोक्ताले राम्रो सेवा पाउने भन्दै स्थानीयहरु खुसी भएका छन् भने व्यवसायी आफै पनि खुसी भएका छन्।अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरिरहेको छ । जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तीव्र पारिएको अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक