१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्यानको ठक्करबाट एकजनाको मृत्यु, ५ जना घाइते

१९ माघ २०८०, शुक्रबार ०७:०४

माघ १९, सिरहा | मुकेशकुमार यादव। सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 


जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।

घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ