१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा शिक्षाका लागि खाद्य कार्यक्रम विस्तार

२ कार्तिक २०७३, मंगलवार ०५:१५

कात्तिक २, कैलाली । सुदूरपश्चिमका ४२८ निम्न माध्यमिक विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम थप विस्तार गरिएको छ । 

यो कार्यक्रम कार्यान्वयनबाट बाल विकास केन्द्र, प्राथमिक विद्यालय र निमावि समेत गरी एक हजार ८०१ विद्यालयका एक लाख ८८ हजार ११९ विद्यार्थी लाभान्वित भएका खाद्य कार्यक्रम परियोजना समन्वय कार्यालयले जनाएको छ । 

विद्यालयका छात्रछात्राको उपस्थिति दर वृदि गर्न प्रत्येकलाई दैनिक ९० ग्राम पोषणयुक्त पिठो, १० ग्रामका दरले महिनामा एक पटक तेल र १० ग्राम चिनी वितरण गर्ने गरिन्छ । साथै दिउँसोको खाजाबापत हलुवा पकाएर खुवाइने गरिन्छ । 

सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरबाहेक सबै सात जिल्लामा कार्यक्रम कार्यान्वयनमा छ । गत वर्षसम्म यो कार्यक्रम बाल विकास केन्द्र र प्राथमिक विद्यालयमा मात्र लागू भएको थियो । 

यो परियोजना कार्यान्वयनका लागि विद्यालयमा विद्यार्थी भर्ना दर, खाद्यान्नको उत्पादन दर, कुपोषणको अवस्थाका विषयमा गाविस र विद्यालय छनोट गर्ने गरेको कार्यालयका प्रमुख नेत्रप्रसाद पन्तले बताउनुभयो । 

विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले यो परियोजना सञ्चालन गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर