2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा शिक्षाका लागि खाद्य कार्यक्रम विस्तार

कात्तिक २, कैलाली । सुदूरपश्चिमका ४२८ निम्न माध्यमिक विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम थप विस्तार गरिएको छ । 

यो कार्यक्रम कार्यान्वयनबाट बाल विकास केन्द्र, प्राथमिक विद्यालय र निमावि समेत गरी एक हजार ८०१ विद्यालयका एक लाख ८८ हजार ११९ विद्यार्थी लाभान्वित भएका खाद्य कार्यक्रम परियोजना समन्वय कार्यालयले जनाएको छ । 

विद्यालयका छात्रछात्राको उपस्थिति दर वृदि गर्न प्रत्येकलाई दैनिक ९० ग्राम पोषणयुक्त पिठो, १० ग्रामका दरले महिनामा एक पटक तेल र १० ग्राम चिनी वितरण गर्ने गरिन्छ । साथै दिउँसोको खाजाबापत हलुवा पकाएर खुवाइने गरिन्छ । 

सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरबाहेक सबै सात जिल्लामा कार्यक्रम कार्यान्वयनमा छ । गत वर्षसम्म यो कार्यक्रम बाल विकास केन्द्र र प्राथमिक विद्यालयमा मात्र लागू भएको थियो । 

यो परियोजना कार्यान्वयनका लागि विद्यालयमा विद्यार्थी भर्ना दर, खाद्यान्नको उत्पादन दर, कुपोषणको अवस्थाका विषयमा गाविस र विद्यालय छनोट गर्ने गरेको कार्यालयका प्रमुख नेत्रप्रसाद पन्तले बताउनुभयो । 

विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले यो परियोजना सञ्चालन गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई