१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१५ औँ तलाबाट फालेर छोराछोरीको हत्या गर्ने जोडीलाई चीनमा मृत्युदण्ड

१९ माघ २०८०, शुक्रबार ०९:१८

माघ १९, काठमाडौँ | दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फाल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ ।

दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी ठहर भएका थिए ।


झाङले येसँग सम्बन्ध राख्दै श्रीमतीलाई डिभोर्स दिएपछि छोराछोरीलाई मार्ने षड्यन्त्र गरेको बताइएको छ । चीनको सर्वोच्च अदालतले यो जोडीले क्रूर तरिकाले दुई बालबालिकाको हत्या गरेको जनाएको थियो ।

जोडीलाई बुधबार चीनको दक्षिणपश्चिमी चोङचिङ सहरमा मृत्युदण्ड दिइएको बताइएको छ ।

चीनमा प्रायः घातक सुई वा फायरिङ स्क्वाडमार्फत् मृत्युदण्ड दिइन्छ । झाङले सन् २०२० को फेब्रुअरीमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

उनले सम्बन्ध राखेकी येले ती दुई बच्चाको हत्या गर्न दबाब दिएको जनाइएको छ । त्यसपछि सन् २०२० कै नोभेम्बर २ मा झाङले आफ्ना दुवै बच्चालाई अपार्टमेन्टको आफ्नो १५ औं तलाको झ्यालबाट फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ