२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जनचेतनाले उजुरी बढे

२०७३, २ कार्तिक मंगलवार ०६:११

कात्तिक २, रोल्पा । गाउँमा हुने अधिकांश घटना गाउँमै मिलाउने गरिएको रोल्पाका ग्रामीण भेगमा पछिल्ला दिनमा भने सरकारी निकायमा आएर मुद्दा गर्नेको सङ्ख्या बढेको छ । 

अघिल्लो आर्थिक वर्ष जम्मा दर्ता मुद्दाको सङ्ख्या १२७ रहेकोमा गत आवमा यो सङ्ख्या १३९ पुगेको थियो । दर्ता भएका मुद्दामा अघिल्लो वर्ष ज्यानसम्बन्धी ५२ वटा मुद्दा दर्ता भएका थिए भने गत आवमा ५० रहेको थियो । 

यसैगरी, आत्महत्यासम्बन्धी अघिल्लो आर्थिक वर्ष ४१ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर ६६ पुगेको थियो । चोरीसम्बन्धी मुद्दा अघिल्लो वर्ष दुईवटा रहेकोमा गत वर्ष चारवटा दर्ता भएका थिए । 

यसैगरी, सङ्गठित तथा आर्थिक अपराधअन्तर्गतका घटना अघिल्लो वर्ष १३ वटा दर्ता भएकोमा गत वर्ष यसको सङ्ख्या दुई मात्र रह्यो । सामाजिक अपराधका घटना अघिल्लो वर्ष छवटा रहेकोमा गत वर्ष आठ वटा दर्ता भएका थिए । 

यसैगरी महिला तथा बालबालिकासम्बन्धी घटनाका मुद्दा अघिल्लो आवमा सातवटा थिए भने गत वर्ष चारवटा मात्र दर्ता भए । सवारीसम्बन्धी अघिल्लो वर्ष चारवटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर पाँच पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

सामाजिक अपराधका घटनाको उजुरी प्रहरी कार्यालयमा बढ्दै जानुले नागरिकमा चेतनास्तर उठेको रुपमा अथ्र्याउनु हुन्छ महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्य । 

सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाले समेत हरेक वर्ष गाउँ गाउँ पुगी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा नागरिकलाई न्यायको ढोकासम्म आउन सहज भएको सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाका अध्यक्ष निमबहादुर सिंहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित