१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पार्टीमा आफ्नो नाम जाडेको भन्दै आमा-बुबाविरुद्ध मुद्दा हालेका विजय राजनीतिमा

१९ माघ २०८०, शुक्रबार १०:५३

माघ १९, काठमाडौँ | राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै कुनै बेला आफ्नै आमाबुबाविरुद्ध मुद्दा हालेका दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय अन्नतः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।

भारतीय लोक सभाको निर्वाचन नजिकिँदै गर्दा विजयले आफ्नो पार्टीको नाम घोषणा पनि गरेका हुन् । उनले पार्टीको नाम तमिलागा वेत्री कझगम राखेका छन् ।


शुक्रबार एक विज्ञप्ती जारी गर्दै सन् २०२४ को लोकसभा चुनावमा आफू नलड्ने घोषणा गरेका छन् । उनले चुनावमा कुनै पार्टीलाई समर्थन पनि नगर्ने उल्लेख गरेका छन् । ‘हामीले यो निर्णय सामान्य र कार्यकारी परिषदको बैठकबाट लिएका हौं’, उनले भनेका छन् ।

‘हामी आफ्नो पार्टी तमिलागा वेत्री कझगमलाई रजिष्टर गर्नका लागि आज चुनाव आयोगमा निवेदन दिँदैछौं । हाम्रो लक्ष्य आगामी २०२६ को विधानसभा चुनाव लड्नु र जित्नु हो । साथै मौलिक राजनीतिक परिवर्तन ल्याउनु हो, जुन मानिस चाहन्छन्’, विज्ञप्तीमा भनिएको छ ।

दक्षिण भारतमा विजयको अलग्गै पहिचान छ । रजनीकान्तपछि विजयलाई त्यहाँका जनताले सर्वाधिक मनपराउँछन् । विजयले आफ्नो फिल्मको घोषणा गर्नासाथ फ्यान उनको फिल्मप्रति चासो राख्छन् ।

केही समयअघि मात्र उनले ‘गट’को घोषणा गरेका थिए । यो फिल्ममा प्रभुदेवा, प्रशान्त र अजमलको अभिनय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ