१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल, हाम्रो परिवारमाथि प्रतिशोध साँधियो : विनोद चौधरी

१९ माघ २०८०, शुक्रबार ११:०८

माघ १९, काठमाडौँ | व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो । 

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको थियो । 


शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेको जनाए पनि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनको पक्राउका विषयमा गम्भीर छलफल भएको हो । 

कांग्रेस सांसदसमेत सीजी ग्रुपका प्रमुख विनोद चौधरीले आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे बैठकमा ब्रिफिङ गरेका छन् । सो क्रममा उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरेका छन् । 

बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए । साथै आफूले गलत भए कारबाही गर्नसमेत भन्दै उनले अन्यथा बिनाकसुर आफ्नो परिवारको बदनाम गर्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ