धारिलो हतियार प्रहार गरी मार्ने प्रयास गरेका एक प्रतिवादी पक्राउ

Posted on: 03 Feb, 2024

माघ २०, काठमाडौं | धारिलो हतियार प्रहार गरेर २ जनाको ज्यान मार्ने प्रयास गरेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं रामहिटी बस्ने २७ वर्षीय छिरिङ तामाङ (अनिश) रहेका छन्। 

गत असोज २५ गते लौनचौको माखालातीमार्गस्थित निकेत राई र तेन्जिङ शेर्पालाई मोटरसाइकलबाट पिछा गर्दै आएका समूहले खुकुरी र ढुंगा प्रहार गरेर फरार भएका थिए ।

खोजतलासको क्रममा गत बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङलाई चाबहिलबाट पक्राउ गरेको हो। 

तामाङलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त लैनचौरमा राखिएको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!