१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

२१ माघ २०८०, आईतवार ०३:३५

माघ २१, धनगढी | नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ। 

फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्नो एजेन्डा सहित प्रस्तुत हुन थालेका छन् । 

यसैबिच अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्याएका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगानाले पनि जिल्लाको नेतृत्व लिन आकांक्षा देखाएका छन् भने एमाले कैलालीका हाल कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा प्रसाद जोशीले पनि आफुलाई जिल्ला अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् । 

साथै, अध्यक्षका लागि हालका जिल्ला सचिव डेजि पाण्डेले पनि महत्वाकांक्षा राखेका छन् । आफू हालपनि पदाधिकारी रहेको र कार्यकर्ताले पत्याए अध्यक्ष बन्न तयार रहेको भन्दै कार्यकर्ताहरु सँग छलफल गर्ने गरेका छन् ।

कैलालीमा गत निर्वाचनमा एमाले  संघ र प्रदेशको निर्वाचनमा शून्य भएको थियो । स्थानीय निर्वाचनमा पनि दुई गाउँपालिकाको नेतृत्व बाहेक अन्य ठाउँमा जित्न सकेको थिएन। जिल्लालाई निर्वाचनमा शून्य बनाउने र तल ग्रासरुटमा कुनै कार्यक्रम अनि उर्जा नदिएको भन्दै जिल्ला भरिका कार्यकर्ताहरु वर्तमान पदाधिकारीसँग रुष्ट छन् । 

एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन सुख्खडमा हुने भएको छ। अधिवेशनका लागि जिल्लाभरिका वडाहरुमा माघ २७ गते प्रतिनिधि छनौटको काम हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ