१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बर्दियामा ६८ वर्षीया वृद्धासहित तीन जनामाथि जबरजस्ती करणी

२१ माघ २०८०, आईतवार ०७:४२

माघ २१, बर्दिया | बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । एक वृद्धासहित दुई जना किशोरमाथि जबरजस्ती करणी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।

६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यसैगरी बर्दियाकै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै बर्दियामै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उता सर्लाहीको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिपुर नगरपालिका-७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ