२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

२०८०, २१ माघ आईतवार ०९:४१

माघ २१, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण देशभर केही स्थानमा पानी परिरहेको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद| सञ्जीव अधिकारीका अनुसार अहिले देशभर हल्का वर्षा भइरहेको छ । सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही पानी परेको हो ।  

“तराईको लुम्बिनी प्रदेशको केही स्थानमा हुस्सुसहित पानी परेको छ,”उहाँले भन्नुभयो, “आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ ।” गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । 

मौसमविद् अधिकारीका अनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासँगै पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकामा पनि पानी छिटपुट पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने