१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण

२२ माघ २०८०, सोमबार ०३:१९

माघ २२, बर्दिया | टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाएका छन ।

परिवारमा गरिएको भाकल पूर्ण भए पछि उनीहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गरेका हुन् ।

महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले एकलाख रुपैयाँ भन्दा बढीको सुनको बेलपत्र चढाएका हुन् । काठमाडौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानहरुमा आँखामा समस्या हुने गर्दथ्यो । जुन परिवारमा वंशाणुगत समस्या थियो । यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामनाका साथ श्रेष्ठ दम्पतीले केहि वर्ष अघि शिव मन्दिरमा पुजा अर्चना गरी भाकल गरेका थिए । भाकल पश्चात पछिल्लो सन्तान छोराको आँखामा समस्या नदेखिएकोले दम्पती खुसी हुँदै सपरिवार काठमाण्डौबाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको श्रेष्ठले बताए ।

कैलालीको सत्तीमा रहेको शिव मन्दिर स्थापनाको यकिन तिथि मिति थाहा नभएपनि मन्दिर प्राचिन भएको जनविस्वास छ । त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्नीको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात मातृहत्या पापबाट मुक्ति हुन मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थले बताए । बिक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी  पद्मावती द्वारा वर्तमान मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख रहेको मन्दिर संरक्षण समितिका सचिव भिम श्रीपालीले बताए ।

स्थानियका अनुसार प्राचिनकालदेखि पदमप्रकाशेश्वर शिव मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनको पनि आस्थाको केन्द्रका रुपमा रहदै आएको छ । २०६७-६८ सालमामा मन्दिर शत वार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य, माधववाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले मन्दिरको दर्शन गरेका थिए । प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल