१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार झ्वाम्म

२२ माघ २०८०, सोमबार ०६:४२

माघ २२, काठमाडौँ | कन्स्ट्रक्सन कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो।

युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाख रुपैयाँ ऋण दिने तर ब्याजबापतको ३ लाख ५० हजार रुपैयाँ अग्रिम दिनुपर्ने बताएर बरालले ठगी गरेको प्रहरीले जनाएको छ।

उनले ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेको नक्कली बैंक भौचर पठाएर ३ लाख ५० हजार रुपैयाँ पठाउन लगाएका थिए। वर्षको एक प्रतिशत बराबरको ब्याज पठाएपछि पठाउने भनेको पैसा खातामा नदेखेपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन्।

युक्रेनी सेनाले बन्धक बनाएका आफन्तलाई २ लाख दिए नेपाल ल्याइदिने भन्दै ठगी

बरालले अध्ययनका लागि रुस पुगेर युक्रेनी सेनाले बन्धक बनाएका विद्यार्थीका आफन्तलाई पनि ठगि गरेको खुलेको छ। उनले २ लाख रुपैयाँ दिए ती विद्यार्थीलाई नेपाल ल्याउने भनेर एक लाख ४० हजार रुपैयाँ हात पारेपछि मोबाइल स्विच अफ गरेर बेपत्ता भएको पीडितको आरोप छ।

पीडितका अनुसार आफूले युक्रेनी सेनामा चिनेको मान्छे छ भन्दै विश्वास दिलाएर बरालले ठगेका थिए। बराल सम्पर्कविहीन भएपछि आफूहरू ठगिएको थाहा पाएको पीडितले उल्लेख गरेका छन्। जाहेरवालाले उजुरी गर्नुअघि नै बराल प्रहरीको नियन्त्रणमा पुगिसकेका थिए। उनलाई ३ लाख ५० हजार ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल