२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले, पुनः जाहेरी दिने तयारीमा पीडित

२०८०, २२ माघ सोमबार ०९:०८

माघ २२, काठमाडौँ | पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको जाहेरी कास्की प्रहरीले लिन नमानेको गुनासो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी फर्कादिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

रविसहित करोडौँ रकम लगेर वर्षौँसम्म अपचलन गर्दै ऋण नतिर्ने करिब ८० जनाविरुद्ध पनि उजुरी दिन लागेका हुन् । पुलेसो कर्जामा रवि लामिछाने पनि छन् । यसैले उनीमाथि पनि अनुसन्धान हुनुपर्छ भन्दै जाहेरी दिन लागेको उनीहरुको तर्क छ ।


ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक जिबी राई हुन् । उनी अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । कतिपयले भने सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने दाबी गरेका छन् ।

रवि लामिछानेविरुद्ध उजुरी दिन बचतकर्ताहरू गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । तर, जिप्रका उजुरी दर्ता गर्न मानेन । जिप्रका कास्कीका प्रहरी प्रमुख एसी मोहन थापाले उजुरी रितपूर्वक नआएकाले दर्ता नगरिएको बताए ।

सूर्यदर्शनका पीडितहरूले संघर्ष समिति समेत बनाएका छन् । सोही संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले दुई–तीन पटक जाँदा प्रहरीले लिन नमानेको बताए ।

८० जनाविरुद्ध जाहेरी दिन लागेको संयोजक श्रेष्ठले बताए । तीन पटकसम्म जाहेरी दिन जाँदा प्रहरीले तीनै पटक फर्काएको उनले सुनाए ।

उनले भने, ‘‘छानबिन समितिको प्रतिवेदन पढेर सम्भावित दोषीहरूविरुद्ध जाहेरी दिन लागेका हौँ । कहिले पारिवारिक विवरण नखुलेको भनेर फर्कायो । हामीलाई पारिवारिक विवरणसहित दिनुस् भन्छन् । हामी कहाँ खोज्न जाने ? कहिले सहकारी ऐन अन्तर्गत भएन भनेर फर्कायो ।’’

उपाय नलागेपछि पीडितहरूले कम्पनी र पारिवारिक विवरण प्राप्त भएकाविरुद्ध मात्रै अर्को जाहेरी बनाएका छन् ।

पीडितहरूले पूरक अनुसन्धानको माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन, पोखरा महानगरपालिका, पोखराको सहकारी महाशाखा, उच्च अदालत, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पूरक अनुसन्धानको मागपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति