१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

२२ माघ २०८०, सोमबार ०९:१६

माघ २२, काठमाडौँ | भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् ।  ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् ।

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका हुन् । डाइभर्सिफाइड ग्रुपको श्रेणीमा भने मुकेश सबैभन्दा माथि छन् ।


ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा पहिलो स्थानमा छन् । हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क पाएका छन् ।

अम्बानीले जुन गतिले आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहेका छन्, यो हेर्दा उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिन्छन् । यो सूचीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौं स्थानमा छन् ।

महिन्द्रा एन्ड महिन्द्राका अनिश शाह छैटौँ स्थानमा छन् । इन्फोसिसका सलिल पारेख भने १६ औं शक्तिशाली सीईओ बनेका छन् । विभिन्न आधारमा सीईओहरुको प्रदर्शन मापन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल