२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४ वर्ष कैदको फैसला

२०८०, २२ माघ सोमबार ११:२८

माघ २२, काठमाडौँ | विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा  दोषी ठहर गरेको छ। विशेषले सोमबार उनलाई दोषी ठहर गर्दै  ४ वर्ष कैद र बिगो तथा जरिवाना भराउने फैसला सुनाएको छ।

विशेषले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र  २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। त्यस्तै विशेषले उनलाई थप १ वर्ष क कैद र २ लाख ६७ हजार  २६ रुपैयाँ भ्रष्टाचार निवारण ऐनको दफा ८(१) बमोजिम हुने फैसलामा भनेको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङ्गाना, न्यायाधीशहरु तेजनारायणसिंह राई र  मुरारिबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरे सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेषले सिरहाका तत्कालीन तीन गाविसले बिगो भराई पाउने ठहर पनि गरेको छ। विशेषले घिमिरेसँग सिरहाको तत्कालीन राजपुर गाविसले २ लाख २६ हजार ६ सय ३३ रुपैयाँ, अर्नमा प्रारा गाविसले २२ लाख ६५ हजार ८ सय ७७ र तत्कालीन राजपुर गाविसले २ लाख ६७ हजार २६ रुपैयाँ बिगो घिमिरेबाट पाउने फैसला सुनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने