८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आफ्नै श्रीमती र डेढ वर्षे नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

२ कार्तिक २०७३, मंगलवार १२:१९

प्रकाश धौलाकोटी | कात्तिक २, तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको हो । तिगेलाले आइतबार साँझ अत्यधिक मदिरा सेवन गरी श्रीमती र नातिलाई खुकुरी प्रहार गरेको स्थानीयको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको शुक्रबारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिनुभयो । 

खुकुरी प्रहारबाट घाइते बनेका तिगेलाकी श्रीमती र नातिलाई भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरैमा राखिएको छ । तिगेलालाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता