Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आफ्नै श्रीमती र डेढ वर्षे नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>प्रकाश धौलाकोटी | कात्तिक २, तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>प्रहरीले तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको हो । तिगेलाले आइतबार साँझ अत्यधिक मदिरा सेवन गरी श्रीमती र नातिलाई खुकुरी प्रहार गरेको स्थानीयको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको शुक्रबारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिनुभयो ।&nbsp;</p><p>खुकुरी प्रहारबाट घाइते बनेका तिगेलाकी श्रीमती र नातिलाई भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरैमा राखिएको छ । तिगेलालाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।</p>