४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दशैं मनाउन गएका सरकारी कर्मचारीहरु अझै कार्यालय आएनन्

२ कार्तिक २०७३, मंगलवार १२:२७

दलसिंह गिरी | कात्तिक २, कालिकोट | जिल्लाका एक दर्जन बढि सरकारी कार्यालयहरु कार्यालय प्रमुख तथा कर्मचारी विहिन अवस्थामा रहेका छन् । 

दसैं मनाउन गएका कार्यालय प्रमुख लगायतका अधिकांश कर्मचारी कार्यक्षेत्र नफर्किएपछि कालिकोटका सरकारी कार्यालय प्रमुख विहीन  भएका हुन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रणसुर दल गुल्म,  प्राविधिक कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाँहेक जिल्लाका अन्य सरकारी कार्यालय प्रमुख विहिन भएका छन् ।

दसैंमा घर गएका प्रमुख नफर्किए पछि कार्यालय प्रमुख विहीन भएका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले बताउनु भएको छ । कृषि, शिक्षा, महिला तथा बालबालिका, वन, अदालत, सरकारी वकिल, खानेपानी तथा सरसफाइ, कोष तथा लेखा नियन्त्रण, घरेलु, खाद्य संस्थानमा प्रमुखहरु अहिले सम्म कार्य क्षेत्रमा नफर्किएको पाईएको हो । त्यसैगरी पशुसेवा, आयुर्वेद, नापी, हुलाक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बंैक, विद्युत प्राधिकरण लगायतका कार्यालयमा पनि प्रमुखहरु अझै  जिल्लामा नआउनु भएको हो । अन्य दर्जाका कर्मचारीको उपस्थिति समेत न्युन रहेको छ । जिल्लाका २ दर्जन बढि सरकारी कार्यालय मध्ये धेरै जसो कार्यालयमा प्रमुख विहिन भएका छन् । जिल्ला बाहिरका कर्मचारी तथा प्रमुख नहुँदा स्थानीय खरिदार सुब्बाले कार्यालय खोल्ने र सेवा ग्राहि नभएको भन्दै दिउँसै ढोका बन्द गरी फर्किने गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी खड्काले दसैं सकिए लगतै जिल्ला बाहिरका कर्मचारीहरू जिल्ला फर्कन थालेको बताउनु भयो । धेरै कार्यालय प्रमुखहरुले फोन गरेर कार्यस्थलमा फर्कन लागेको जानकारी आफुलाई प्राप्त भएको उहाँको भनाइ छ । कृषि, पशुसेवा, जिविस, लगायतका केही कार्यालय प्रमुखहरु भोलिनै जिल्लामा पुगिसक्ने खबर प्राप्त भएको वहाको भनाइरहेको छ ।   

कार्यालय प्रमुखको अनुपस्थितका कारण कामकाज रोक्न नहुने खड्काले जानकारी गराउनु भएको छ । दसैं बिदा हुनु एक दुई दिनअघि जिल्ला छाडेर घरमा गएका कार्यालय प्रमुखहरू जिल्ला फर्कन थालेको र महिला तथा बालबालिका कार्यालय प्रमुख काजमा मन्त्रालयमै हाजिर भएकाले केही समय कार्यालय प्रमुख उपस्थित नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ