१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४ करोड बिगो दाबी गर्दै दायर भएको मुद्दामा मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

२३ माघ २०८०, मंगलवार ११:१२

माघ २३, काठमाडौँ | मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्याामकृष्ण शाह र उनकी श्रीमतीले सम्पत्ति सुद्धिकरण मुद्दामा सफाइ पाएका छन्। परदेशी  र उनकी श्रीमती मन्जुदेवीले विशेष अदालतबाट सफाइ पाएका हुन्।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मन्जुदेवीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो। 


सम्पत्ति शुद्धीकरण विभागले सर्लाहीको कविलास नगरपालिका–२ का ठेगना भएका परदेशी र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै २०७९ साउन २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सोझासिधा जनतालाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाएको थियो। श्रीमतीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको थियो। उनीहरु दुवै जनाले सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाइ पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल