१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी ठगी प्रकरण : भरत महर्जनविरुद्ध रेड नोटिस जारी

२३ माघ २०८०, मंगलवार १२:१२

माघ २३, काठमाडौँ |  ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।


उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। 

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो। सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ।

त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ