गणतन्त्र दिवसमा जनमत पार्टीले शक्ति प्रदर्शन गर्ने

Posted on: 07 Feb, 2024

माघ २४, काठमाडौँ | जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ ।  जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।


‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष राउतले जेठ १५ गते नौ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।

उनले बुधवार जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’

उनले नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!