२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडा जानेलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा ४० लाख ‘झ्वाम’

२०८०, २४ माघ बुधबार ०८:५०

माघ २४, काठमाडौँ | वैदेशिक अध्ययनमा जाने व्यक्तिलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा एक व्यक्तिको ४० लाख रुपैयाँ गिरोहले झ्वाम पारेको छ । नुवाकोटका मानसिंह तामाङलाई नक्कली विद्यार्थी खडा गरेर गिरोहेले ठगी गरेको पाइएको हो ।

प्रहरीका अनुसार तामाङलाई बानेश्वरमा नेपाल अब्रोड कन्सल्टेन्सी सञ्चालन गर्ने श्रीजन राज काफ्लेले सुरज कुमार लुङ्गेली मगर नाम गरेका विद्यार्थीलाई क्यानडा जान तत्काल बैंक डिपोजिट देखाउन पैसा चाहिएको भन्दै तामाङलाई फोन गरेका थिए ।

लगेको भोलिपल्टै पैसा फिर्ता पाउने विश्वासमा तामाङले गत डिसेम्बर २० तारेख सुरजलाई नबिल बैंकमा रहेको खाताबाट ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए । जाहेरवालाका अनुसार सुरज आफैले ब्यालेन्स सर्टिफिकेट चाहिने भएकाले उक्त बैंक डिपोजिट आवश्यक परेको उल्लेख गरेका थिए। तर दिइएको रकम फिर्ता नपाएपछि तामाङ झस्किएका थिए। त्यसपछि उनी प्रहरीमा पुगे ।

प्रहरीले पक्राउ गरेपछि सुरजले आफूलाई काफ्लेले प्रयोग गरेको र उनकै योजनामा आफू नक्कली विद्यार्थी बनेर पैसा लिन तामाङकहाँ पुगेको बयान दिएका छन्। उनका अनुसार पैसा जम्मा भएको भोलिपल्टै सुरज र काफ्लेले बैंकमा पुगेर १० लाख रुपैयाँ झिकेका थिए। त्यसमध्ये ५ लाख काफ्लेलाई दिएको र बाँकी ५ लाखमध्ये एक लाख रुपैयाँ पारस गुरुङ भन्ने व्यक्तिलाई दिएको बताएका छन् । बाँकी रहेको ४ लाखमध्ये एक लाख ३० हजारको सुनको सिक्री खरिद गरेको, ६५ हजार रुपैयाँ पोखरा घुम्न जाँदा खर्च भएको र २ लाख ५ हजार रुपैयाँ थप पारसलाई दिएको उनको दाबी छ ।

पछि काफ्लेले सुरजको बैंक खाताबाट २७ लाख ५० हजार रुपैयाँ लिएका थिए । सुरजको दाबीअनुसार उनको बैंक खातामा रहेको बाँकी २ लाख ५० हजार रुपैयाँ जडीबुटीस्थित होटलमा खान बस्दाको बिलबापत तिरिएको थियो । प्रहरीका अनुसार काफ्लेले आफूलाई दीपक रानामगर, जेनिथ दाहाल, नरबहादुर दाहाललगायत नामले पनि चिनाउने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति