कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्र"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नव आगन्तुक प्रमुख कार्यकारी अधिकृत र पश्चिमाञ्चल होटल संघ बिच छलफल

२ कार्तिक २०७३, मंगलवार १४:०२

कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । 

स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको विकासका लागि गर्नुपर्ने कामहरु बारे कार्यकारी अधिकृत ढुंगानालाई अवगत गराएका थिए । पोखराको समग्र विकासका लागि संघ उपमहानगरपालिका कार्यालयसँग सधैं सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्मरण गराउँदै पराजुलीले पर्यटन विकास लगायत नगरका अन्य विकासका काममा संघ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए ।

फेवा तालको संरक्षण र विकास, पोखराको फोहोर मैलाको उचित व्यवस्थापन, पोखराको सडक मर्मत तथा संभार र व्यवस्थापन, एकिकृत सम्पत्ति कर सम्बन्धी अब्यवहारिक पक्षको सुधार लगायतका कामहरु तत्काल अगाडि बढाउन जरुरी भएको संघका तर्फबाट पराजुलीले कार्यक्रममा राखेका थिए । पोखरालाई हरियाली शहरको रुपमा विकास गर्न जरुरी भएको भनाई पनि सो अवसरमा पराजुलीले राखे । सो अबसरमा बोल्दै कार्यकारी अधिकृत ढुंगानाले उपमहानगरपालिका कार्यालय होटलकर्मीहरुसँग सहकार्य गरेर नै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता सुनाए । आफू कास्कीकै बासिन्दा भएको स्मरण गराउँदै उनले पोखराको पर्यटन लगायत अन्य समग्र विकास आफूले देख्न र सोही अनुसार अगाडि बढ्न चाहेको बताउँदै समग्र नगरबासीको सहयोग आफूलाई आबश्यक पर्ने सो अबसरमा बताए । पोखरामा पछिल्ला महिनाहरुमा सडकको दूराबस्थाले निकै पिरोलेको गुनासो सुनेपछि उनले यसका लागि तत्काल भत्केको सडक मर्मत गर्नका लागि एउटा मर्मत शाखा नै व्यवस्था गर्ने प्रतिबद्धता उनले सुनाए । ठेकेदार व्यवस्था गरेर सडक भत्केको ठाउँमा तत्काल मर्मत गर्ने व्यवस्था गर्ने कार्यलाई आफूले अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष पराजुली तथा पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले कार्यकारी अधिकृत ढुंगानालाई स्वागत गरेका थिए । संघका सल्लाहकारहरु विश्वशंकर पालिखे, मेहरमान श्रेष्ठ, लक्ष्मीबहादुर भट्टराई, गोविन्दराज पहारी र विप्लव पौडेलले पनि पोखरा विकासका लागि गर्नुपर्ने कामहरु सुझावको रुपमा राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए । यसैविच संघले विगत वर्षहरुदेखि नै गर्दै आएको भाइटिका महोत्सव यसवर्ष पनि भव्य रुपमा मनाउने निर्णय गरेको छ । तिहारको दिन विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रमका लागि संघका कोषाध्यक्ष राजेन्द्र ढकाललाई सयोजक चयन गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो