३८ रन बनाएर आरिफ आउट भएसँगै क्यानडाविरुद्ध नेपालको छैटौं विकेट पतन

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालको छैटौं विकेट गुमेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८ ओेभर ५ बलमा छैटौं विकेट गुमाएको हो । छैटौं विकेटको रुपमा नेपालका आरिफ शेख ३८ रनमा आउट भए ।

नेपालले ३९ ओभर ३ बलमा ६ विकेट गुमाउँदै १७४ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए । आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रनको योगदान दिए ।

पवन सराफ १० र सोमपाल कामी १ रन बनाएर क्रिजमा छन् । क्यानडाका साद बिन जफर र उदय भगवानले २–२ र इश्वरजित सोहि र हर्ष ठाकरले १–१ विकेट लिएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!