धनुषामा स्कूलको बसको ठक्करबाट एक भारतीय युवाको मृत्यु

Posted on: 08 Feb, 2024

माघ २५, धनुषा | धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले बिहीवार ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । 

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो । 

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का  रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!