रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | रोमानियामा नेपालको राजदूतावास नभएका कारण नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्न जर्मनी पुग्नुपर्ने हुन्छ । अब यो समस्या समाधान गर्न नेपाल सरकारले घुम्ती राहदानी सेवा सुरु गर्ने भएको छ ।

जसअनुसार आगामी दिनमा रोमानियामा घुम्ती टोली पुग्ने भएको हो । डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न नेपाली घुम्ती टोली रोमानिया पुग्ने जर्मनीको लागि नेपाली राजदूतावासले फेब्रुअरी ७ अर्थात हिजो एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ । सूचनाले आफ्नो विवरण भर्न र नवीकरण गर्न भनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!