१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेहुलीका नाममा भ्रष्टाचार : चेक बोकेर मेयर बिहेघरमा पुग्दा विवाह नै तय नभएको खुलेपछि…

२५ माघ २०८०, बिहीबार ११:५१

माघ २५, काठमाडौँ | मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मचारीको मिलेमतो हुने गरेको पाइएको छ ।

मौलापुर नगरपालिकाले छोरीको विवाहमा ‘असहाय के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवासी महिन्द्र राय यादवकी छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले ३० हजार अनुदान सहयोग उपलब्ध गराइदिन मेयरसमक्ष सिफारिस गरे ।

गत पुस १८ गतेको सिफारिसमा वडाअध्यक्ष साहले माघ २५ गते यादवकी छोरी सन्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका, बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग तय भएको उल्लेख गरेका थिए । ३० हजार आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि परेको निवेदनमा बिहेको निम्तो कार्डसमेत संलग्न राखिएको थियो ।


वडाअध्यक्ष साहको सिफारिसका आधारमा नगरपालिकाको निर्णयबाट ३० हजार रुपैयाँ दिने निर्णय भयो । लेखापालले ३० हजार रुपैयाँको चेकसमेत काटे । चेक बेहुलीका बुवा सञ्जुका बुबा महिन्द्रका नाममा काटियो ।

मेयर रिना कुमारी साह पनि के कम ? उनले बेहुलीका बाबुलाई आफैं चेक हस्तान्तरण गरेर जस आफैँले लिने विचार गरिन् । र, उनी चेक बोकेर बेहुलीको घरतिर  लागिन् ।

तर जब चक लिएर मेयर साह महिन्द्रको घरमा पुगिन्, उनी झसङ्ग भइनन् । महिन्द्रको घरमा कुनै विवाह नै तय भएको रहेनछ । वडाअध्यक्षले फर्जी कागज बनाएर सो रकम आफैं लिएर खान खोजेका रहेछन् ।

त्यसपछि मेयर रिना कुमारी चेक बोकेर नगरपालिका फर्किइन् ।

माघ २५ कै दिन नगरपालिकाले कुमारी सन्जुका साथै थप दुईजना बेहुली पुनकलिया देवी र प्रमिला देवीका नाममा समेत ३०/३० हजार रुपैयाँ बिहेखर्च निकासा गरेको थियो ।

नगरपालिका स्रोतका अनुसार यसअघि मेयर साहको पहलमा विगत लामो समयदेखि सयौँ परिवारका बेहुलीहरुलाई ३० हजारका दरले रकम बाँडिँदै आएको छ । रकम पाउन वडाले सिफारिस गर्नुपर्ने कार्यविधि छ ।

यसैबीच, वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरूले वडाअध्यक्ष साहलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल