२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेहुलीका नाममा भ्रष्टाचार : चेक बोकेर मेयर बिहेघरमा पुग्दा विवाह नै तय नभएको खुलेपछि…

२०८०, २५ माघ बिहीबार ११:५१

माघ २५, काठमाडौँ | मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मचारीको मिलेमतो हुने गरेको पाइएको छ ।

मौलापुर नगरपालिकाले छोरीको विवाहमा ‘असहाय के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवासी महिन्द्र राय यादवकी छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले ३० हजार अनुदान सहयोग उपलब्ध गराइदिन मेयरसमक्ष सिफारिस गरे ।

गत पुस १८ गतेको सिफारिसमा वडाअध्यक्ष साहले माघ २५ गते यादवकी छोरी सन्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका, बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग तय भएको उल्लेख गरेका थिए । ३० हजार आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि परेको निवेदनमा बिहेको निम्तो कार्डसमेत संलग्न राखिएको थियो ।


वडाअध्यक्ष साहको सिफारिसका आधारमा नगरपालिकाको निर्णयबाट ३० हजार रुपैयाँ दिने निर्णय भयो । लेखापालले ३० हजार रुपैयाँको चेकसमेत काटे । चेक बेहुलीका बुवा सञ्जुका बुबा महिन्द्रका नाममा काटियो ।

मेयर रिना कुमारी साह पनि के कम ? उनले बेहुलीका बाबुलाई आफैं चेक हस्तान्तरण गरेर जस आफैँले लिने विचार गरिन् । र, उनी चेक बोकेर बेहुलीको घरतिर  लागिन् ।

तर जब चक लिएर मेयर साह महिन्द्रको घरमा पुगिन्, उनी झसङ्ग भइनन् । महिन्द्रको घरमा कुनै विवाह नै तय भएको रहेनछ । वडाअध्यक्षले फर्जी कागज बनाएर सो रकम आफैं लिएर खान खोजेका रहेछन् ।

त्यसपछि मेयर रिना कुमारी चेक बोकेर नगरपालिका फर्किइन् ।

माघ २५ कै दिन नगरपालिकाले कुमारी सन्जुका साथै थप दुईजना बेहुली पुनकलिया देवी र प्रमिला देवीका नाममा समेत ३०/३० हजार रुपैयाँ बिहेखर्च निकासा गरेको थियो ।

नगरपालिका स्रोतका अनुसार यसअघि मेयर साहको पहलमा विगत लामो समयदेखि सयौँ परिवारका बेहुलीहरुलाई ३० हजारका दरले रकम बाँडिँदै आएको छ । रकम पाउन वडाले सिफारिस गर्नुपर्ने कार्यविधि छ ।

यसैबीच, वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरूले वडाअध्यक्ष साहलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति