२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला अदालतको फैसला उल्ट्याउने कसरतमा सन्दीप लामिछाने, उच्च जाने अन्तिम तयारी

२०८०, २६ माघ शुक्रबार ०६:५५

माघ २६, काठमाडौँ | बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्। 

जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए। 

‘हामी  उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं। जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’ 

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ। 

निवेदक पक्षले पुनरावेदनको तयारी गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले लामिछानेको मुद्दा पुनरावेदन जाने तयारी सुरु भएको बताए। उनले जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदनको मस्यौदा तयार गरिरहेको जानकारी दिए। 

उनले मस्यौदा तयार भएपछि उच्च सरकारी वकिल कार्यालय पठाउने बताए। उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले जिल्ला सरकारी वकिल कार्यालयबाट मस्यौदा पर्खेर बसेको बताए। जिल्लाबाट मस्यौदा प्राप्त भए लगत्तै पुनरावेदन गर्ने तयारीमा आफूहरु रहेको उनले बताए।  

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।  जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीप विरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। 

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने