१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकैदिन रोकियो चार बालविवाह

२६ माघ २०८०, शुक्रबार ०७:३४

माघ २६, हेटौंडा | मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।

मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ । मकवानपुरगढी गाउँपालिका-२ की १८ वर्षीया र हेटौंडा-१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उनले बताए ।

१३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन् । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् । कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताए । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उनको भनाइ छ । अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहु“दा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उनले बताएका छन् ।

जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकासस“गै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । आव २०७९/०८० मा कैलाश गाउ“पालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ । जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् । राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् ।

मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् । मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हु“दा कम तथ्यांक आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल