१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ड्युटी सकेर फर्किंदा भ्यानबाट खसेर ३५ वर्षीय सहायक हवल्दारको मृत्यु

२६ माघ २०८०, शुक्रबार ०७:४२

माघ २६, काठमाडौँ | चेकिङ ड्युटी सकेर फर्किने क्रममा प्रहरीकाे भ्यानबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ।

प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीकाे भ्यानबाट खसेर ज्यान गएकाे हाे।

प्रहरीकाे रातको सुरक्षा  योजना अनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका सुर्खेत गुर्भाकोट न.पा. वडा नं. १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय  सहायक हवल्दार एलजीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।


बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा ११:१५ बजे बल्खु खोला सिप्रदीनजिक उक्त भ्यानको पछाडिबाट अकस्मात खस्दा उनी घाइते भएका थिए।

तत्काल उद्धार गरी उनलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएकाे थियाे। त्यहाँ उपचार सम्भव नभएपश्चात् नेपाल एपिएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतक एलजीकाे शव पोष्टमर्टमको लागि टिचिङ शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल