२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ड्युटी सकेर फर्किंदा भ्यानबाट खसेर ३५ वर्षीय सहायक हवल्दारको मृत्यु

२०८०, २६ माघ शुक्रबार ०७:४२

माघ २६, काठमाडौँ | चेकिङ ड्युटी सकेर फर्किने क्रममा प्रहरीकाे भ्यानबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ।

प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीकाे भ्यानबाट खसेर ज्यान गएकाे हाे।

प्रहरीकाे रातको सुरक्षा  योजना अनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका सुर्खेत गुर्भाकोट न.पा. वडा नं. १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय  सहायक हवल्दार एलजीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।


बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा ११:१५ बजे बल्खु खोला सिप्रदीनजिक उक्त भ्यानको पछाडिबाट अकस्मात खस्दा उनी घाइते भएका थिए।

तत्काल उद्धार गरी उनलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएकाे थियाे। त्यहाँ उपचार सम्भव नभएपश्चात् नेपाल एपिएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतक एलजीकाे शव पोष्टमर्टमको लागि टिचिङ शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति